+
+

केटिएम २५० एड्भेन्चर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते ११:४४

नेपालका लागि केटिएम मोटरसाइकलको अधिकृत विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडले केटिएम २५० एड्भेन्चर मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले ७ लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य तोकेर नयाँ मोडेल बजारमा ल्याएको हो।

यो मोटरसाइकल देशभरिका सबै केटिएम सोरुममा बुकिङ पनि सुरु गरिएको कम्पनीले जनाएको छ। उत्कृष्ट ह्यान्डलिङ र इन्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो मोटरसाइकल केटिएम परिवारकै नवीन एडिसन भएको कम्पनीको दाबी छ।

यो मोटरसाइकलमा २४८ सिसीको डिओएचसिफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको जनाइएको छ। यो इन्जिनमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्क अधिकतम शक्ति प्रदान गर्ने जनाइएको छ। यसमा रहेको अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पिड गियर बक्सको माध्यमबाट मुभमेन्टका लागि मद्दत गर्नुका साथै सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।

यसमा डब्लुपी एपेक्स सेटको स्पेन्सन रहेकाले पछाडिको सक एब्जर्भरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज रहेको जनाइएको छ। यसमा ४–पिस्टन र्‍याडियल्ली माउन्टेड क्यालिबरका साथ २३० एमएमको रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क रहेको कम्पनीले जनाएको छ।

१४.५ लिटर ट्यांक र इन्धन खपत कम गर्ने बिएससिक्स इमिसन इन्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीका एड्भेन्चरहरू गर्न प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका महाप्रबन्धक बिजय मोक्तानले हाल युवाहरूप्रति एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका कारण केटिएमको एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?