Comments Add Comment

कोरोना संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाइ

६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ । महाराष्ट्रको सरकारले थिएटर तथा फिल्म हलमा ५० प्रतिशत मानिसहरुमात्र सहभागी हुन पाउने बताएको छ । सार्वजनिक स्थानमा सबैलाई मास्क अनिवार्य गरिएको छ । साथै बगैंचामा पनि तापक्रम मापन नगरी जान नपाउने व्यवस्था गरिएको छ । अहिले ल्याइएको नयाँ नियम ३१ मार्चसम्म लागू हुनेछ ।

महाराष्ट्रको सरकारले सार्वजनिक क्षेत्रमा भेला हुन पनि रोक लगाएको छ । स्वास्थ्य तथा अत्यावश्यक सेवाबाहेक सबै निजी कार्यालयमा मार्च ३१ सम्म कर्मचारीको संख्या पनि आधा घटाइनेछ । सिनेमा हल, होटल र कार्यालयमा पनि मानिसहरुले मास्क लगाउने र भौतिक दुरीको नियम अनिवार्यरुपमा पालना हुनुपर्ने महाराष्ट्रको सरकारले बताएको छ । यो प्रतिबन्ध सपिङ मलमा पनि लागू हुनेछ ।

भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा करिब ४० हजार नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये करिब २६ हजार संक्रमित महाराष्ट्रमा फेला परेका थिए ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment