
७ चैत, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि प्रक्रिया सुरु गरेको छ । संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रकार हस्ताक्षर भइसकेको प्रभु क्यापिटलले जनाएको छ । सम्झौता पत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4