Comments Add Comment

दर्शकको मनबाट ‘सुन्तली’लाई हटाउन गाह्रो छः कुञ्जना घिमिरे

हाँस्य कलाकार कुञ्जना घिमिरेले दर्शकको मनबाट ‘सुन्तली’ क्यारेक्टर हटाउन समय लाग्ने बताएकी छिन् । कुञ्जना र सिताराम कट्टेलले मिलेर निर्देशन गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’को सार्वजनिक कार्यक्रममा कुञ्जनाले भनिन्–‘हामी अन्य क्षेत्रमा लागेपनि हाम्रो दिमागमा कलाकारितालाई जिवितै राख्नपर्छ भन्ने सोच थियो । लकडाउनको समयमा मेरो र सितारामको ‘म त मर्छु कि क्या हो’ बनाउने सोच आएको हो ।’

क्रिकेट रंगशाला हेर्न आउने दर्शकले पनि धुर्मुस–सुन्तलीको अभिनय चाहियो भन्ने माग गरेपछि वेव फिल्म बनाउने सोच आएको कुञ्जनाले बताइन् ।

चलचित्र ‘सेन्टी भाइरस’मा काम गर्दाको समयमा नै कुञ्जनाले आफूलाई नायिका बन्न मन लागेको बताएकी थिइन् । वेव फिल्म ‘म त मर्छु कि क्या हो’मा पनि उनले ‘सुन्तली’कै भूमिका निर्वाह गरेकी छिन् ।

नायिका बन्ने रहर यसपटक पनि पुरा भएनछ है भन्ने प्रश्नमा उनले भनिन्–‘दर्शकले मलाई र सितारामलाई धुर्मुस–सुन्तलीकै भूमिकामा हेर्न मन पराउनुभएको छ । धेरै दर्शकको माग पनि यही नै छ । दर्शकको दिमागबाट सुन्तलीलाई हटाउन गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment