Comments Add Comment

सोलुखुम्बुमा ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा सुरु

९ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ ।

सोलुदूधकुण्ड नगरपालिका-४, फाप्लुमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन नगरपालिकाकी उपमेयर कल्पना राईले गरेकी थिइन् । उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकको प्रतिनिधिमा मान कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने बै‌कले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गर्ने गरेको छ ।

मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको सो बैंकले जनाएको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment