Comments Add Comment

कम्युनिस्टहरु संसदीय व्यवस्था असफल बनाउने षडयन्त्रमा लागे : नैनसिंह महर

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले नेपालका कम्युनिस्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

स्कुल अफ डेमोक्रेसी (एसओडी) विराटनगरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दैँ नेता महरले सभामुखले आफ्नो ड्युटी पूरा नगर्ने, सरकारले पनि संसदलाई बिजनेस नदिएर कम्युनिस्टहरुले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन् ।

‘संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रण गर्ने कम्युनिस्टहरुले जनतामा वितृष्णा फैलाउन खोजेका छन्,’ महरले भने,’जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्न खोजेका छन् कम्यनिस्ट नामधारीहरुले ।’

स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्षसमेत रहेका नेता महरले संसदको औचित्य र प्रभावकारीता बढाउन अब नेपाली कांग्रेसले गम्भीर ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन् ।

कांग्रेसले अब पनि अग्रसरता नदेखाउने हो भने प्रजातान्त्रिक व्यवस्था नै धरापमा पर्ने नेता महरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment