Comments Add Comment

महाकवि कालिदासका केही जीवन उपयोगी भनाइ

कालिदास संस्कृत साहित्यका महाकवि हुन् । उनी राजपण्डितका साथै संस्कृत भाषाका महान् कवि र नाटककार थिए । कालिदासको शाब्दिक अर्थ “कालीको सेवक” भन्ने हुन्छ । उनी देवी कालीका भक्त थिए । उनलाई भारतीय गुप्त वंशीय शक्तिशाली राजा चन्द्रगुप्त द्वितीयले राखेको नवरत्न मध्येका एक रत्न पनि थिए । कालिदास शिवका पनि भक्त थिए । उनले पौराणिक कथा र दर्शनलाई आधार मानेर रचनाहरू गरेका छन् । कालिदास आफ्नो अलंकार युक्त सुन्दर, सरल र मधुर भाषाका लागि विशेष रूपले जानिन्छन् । उनको ऋतु वर्णन अद्वितीय ग्रन्थ मानिन्छ।  उनको जन्म इसाको चौथो शताब्दीमा भएको थियो ।

उज्जैन दरबारमा नै रहेर पर्याप्त संस्कृत साहित्यको रचना गरेका कालिदासले केही जीवन उपयोगी भनाइहरू पनि दिएका छन् । जसले मान्छेलाई अगाडि बढ्न हौसला प्रदान गरोस् । त्यसमध्येका केही उक्तिहरू उनका विभिन्न साहित्यिक ग्रन्थहरूबाट साभार गरिएको हो ।

–यशस्वीहरुको कर्तव्य यो हो कि जसले आफूसँग प्रतिस्पर्धा गर्छ ऊबाट आफ्नो यशको रक्षा पनि गर्नुपर्छ ।

–उदय हुँदाको सूर्य र अस्ताउँदो सूर्यको रंग एकै किसिमको हुने गर्छ । यसैगरी सम्पत्ति र विपत्तिको समय महान पुरुषको लागि एकै रुपको हुने गर्छ ।

–कामको समाप्ति सन्तोषप्रद भयो भने परिश्रमको थकान यादगार हुँदैन ।

–पृथ्वीमा तीन रत्नहरु छन्– जल, अन्न र सुभाषित । अज्ञानीहरु पत्थरको टुक्रालाई नै रत्न मान्छन् ।

–जसको चित्त विकास उत्पन्न गर्ने परिस्थितिमा समेत अस्थिर हुँदैन ऊ नै सच्चा धीर पुरुष हो ।

–सज्जन पुरुष नचाहँदा नचाहँदै पनि अर्काेको आशा पूरा गरिदिन्छ । जस्तो सूर्य स्वयं घरघर गएर अरुलाई प्रकाश फैलाइदिन्छ ।

–अवगुण डुंगाको पिंधमा रहेको प्वाल जस्तै घातक हुन्छ । जुन चाहे सानो होस् या ठूलो एक दिन उसलाई डुबाइदिन्छ ।

–उत्कृष्ट शिष्यलाई दिइएको शिक्षकको कला अधिक गुणस्तर हुन्छ । जस्तो कि मेघको पानी समुद्रमा पुग्दा मोती बन्छ ।

–रथ चक्र जस्तै मानव जीवनको दशा पनि उल्टो छ। कहिलेकाहीं दिन ठूलो हुन्छ कहिले रात।

–गुण भनेको एक व्यक्तिको वास्तविक पहिचान हो । गुणवत्ताको सबै ठाउँमा आदर हुन्छ।

–शोक वा खुशी सदाका लागि रहँदैन । यी पांग्राको बाहिरी भाग जस्तो कहिले तल त कहिले माथि हुन्छ ।

–दु:खको समयमा आफ्नो स्वजनलाई देखियो भने झनै दु:ख बढ्न जान्छ । जसरी कुनै रोकिएको भेल एउटा ठूलो द्वारबाट निस्किएपछि छरपस्ट हुन्छ ।

–सन्देहको स्थितिमा सज्जनको अन्त:करणको प्रवृत्ति मात्र प्रमाण हो।

–सज्जनहरूले केही कुरा लिन्छन् त त्यो दिनकै लागि हुन्छ । जस्तो बादलले पानी सोस्छ त्यो पनि दिनकै लागि हो ।

–राज्य छाता जस्तै असुरक्षित हुन्छ । जति उसलाई बोक्दा थकान महसुस हुन्छ त्यति उसले सुरक्षा दिन सक्दैन ।

–वास्तवमा धीर पुरुष उनीहरू हुन् जसको चित्त विकार उत्पन्न गर्ने परिस्थितिमा समेत अस्थिर हुँदैन ।

प्रार्थी व्‍यक्तिको लागि लक्ष्मी मिलून् या नमिलून् किन्तु लक्ष्मी जसलाई चाहन्छिन् उसको लागि लक्ष्मी कसरी दुर्लभ हुन्छिन् ?

–जसरी सुन आगोमा जलाएर कालो हुँदैन, त्यसरी नै जुन शिक्षकले विद्यार्थीलाई सिकाउँदा कुनै प्रकारको गल्ती हुँदैन भने साँचो शिक्षा त्यही नै हो ।

–जो मान्छे जाली हुन्छ उसले महात्माको कामलाई जुनसुकै हालतमा पनि नराम्रो नै भनेको हुन्छ । किनकि उनीहरूमा महात्मा चिन्ने क्षमता नै हुँदैन ।

–इन्द्रियलाई जितेको व्यक्तिले आफ्नो दिमागमा थोरै मात्रामा पनि विखण्डनलाई स्थान दिन सक्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment