
१ चैत, काठमाडौं । पठाओ नेपालले प्राविधिक कारणले सेवा रोकिएको भन्दै छिट्टै सेवा सुचारु हुने दाबी गरेको छ । मोटरसाइकल राइडरहरु हिड्ने बाटो राउटिङमा समस्या भएकाले सेवा भएको र बुधबार दिउँसोसम्म सेवा सुचारु हुने पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले बताए ।
पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको उनले दाबी गरे । ‘पठाओ फुड र ट्याक्सी सेवा सुरु भएको छ, मोटरसाइकल पनि बुधबार दिउँसोसम्म सेवामा आउने अपेक्षा छ,’ बस्न्यातले भने ।
मोटरसाइकल राइडर यात्रु बोकेर जाने र फर्कने बाटो देखाउने प्रणाली (राउटिङ) मा देखिएको समस्या अहिले अपडेट भइरहेको उनको भनाइ छ । अरु कुनै कारणबाट सेवा नरोकिएको भन्दै उनले ग्राहकमा पर्न गएको असुविधाप्रति पठोओ दुःखी रहेको बताए ।
पठाओ राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी ट्राफिक प्रहरीले राइडरहरुलाई कम्पनीको ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाएको थियो ।
प्रतिक्रिया 4