११ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु अन्तरिक छलफलमा जुटेका छन् । पार्टी नेतृत्वले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
मनमैजुस्थित एक नेताको घरमा बुधबार विहानबाटै छलफल भइरहेको स्रोतले बताएको छ । छलफलले स्पष्टीकरणको जवाफ तयार पार्नुका साथै आगामी रणनीति समेत बनाउने बताइएको छ ।
अध्यक्ष ओपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित भएको ७ चैतमा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण सोध्दै पत्र पठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4