Comments Add Comment

लालबन्दीमा फेरि अटोबाट गाँजा बरामद, ३ जना पक्राउ

१२ चैत, जनकपुरधाम । सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ ।

लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए।

गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनको सूचनाका आधारमा ईश्वरपुर नगरपालिका ८ वस्ने ३२ वर्षीय रामविश्वास राउत र महोतरीको सोनमा गाउँपालिका-४ वस्ने ३३ वर्षीय रमाशंकर राउतलाई पनि प्रहरीले नियन्त्रण्मा लिएको छ ।

राउतद्वयलाई लालबन्दी नगरपालिका-७ कालिन्जोर खोलाबाट बीआर३०टी०१०३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसअघि ८ चैतको राति लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नम्बरको अटोमा सवार तीनजनालाई १५ किलो गाँजासहित पक्राउ गरिएको छ ।

अटो चालक ४५ वर्षीय पुष्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्द्रकुमार बल र वडा नम्बर १४ निवासी ४१ वर्षर्ीय पाल्साङ पाख्रीङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment