Comments Add Comment

भारतमा एकैदिन थपिए ५३ हजारभन्दा धेरै कोरोना संक्रमित

१२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ५३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ५३ हजार ४७६ नयाँ संक्रमित थपिएका हुन् । उक्त अवधिमा कोरोनाको कारण २५१ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो केही समययता निरन्तर कोरोनाका नयाँ संक्रमित बढिरहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितको संख्या गत अक्टोबरयताकै सबैभन्दा धेरै हो । नयाँ संक्रमितमध्ये अधिकांश महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले बुधबार पछिल्लो समय कोरोनाका नयाँ प्रकारको संक्रमण पनि बढेको बताएको थियो । मन्त्रालयका अनुसार भारतका १८ राज्यमा कोरोनाको नयाँ प्रकारको संक्रमण देखिएको छ ।

मन्त्रालयले कोरोना भाइरसको स्वरुप दुईपटक परिवर्तन भएको नयाँ प्रकार पनि भेटिएको बताएको छ । यसले आगामी दिनमा कोरोना संक्रमण अझै बढ्न सक्ने आशंका बढेको छ ।

भारतका विशेषज्ञहरुले कोरोना संक्रमण नियन्त्रणको लागि सुझाइएको मापदण्ड मानिसहरुले पालना नगर्दा कोरोना संक्रमणले भयावह रुप लिएको बताएका छन् । यद्यपि केहीले भने कोरोनाको नयाँ प्रकारले संक्रमण बढाएको दाबी गरेका छन् । तर, अहिलेसम्म नयाँ प्रकारको कोरोनाको कारण भारतमा संक्रमण बढेको विश्वसनीय प्रमाण भने फेला परेको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment