+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

भारतमा देखिएको कोरोनाको ‘डबल म्युटेन्ट’ के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १७:५१

१२ चैत, काठमाडौं । भारतमा संकलन गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस कोभिड–१९) को ‘डबल म्युटेन्ट’ प्रकार (भेरियन्ट) पाइएको छ ।

एउटै भाइरसमा वास्तविक स्वरुप परिवर्तन भई बनेको दुई प्रकारको स्वरुप देखिनुलाई ‘डबल म्युटेन्ट’ भनिन्छ । कोरोनाको डबल म्युटेन्ट प्रकार कति संक्रामक छ ? यो संक्रमण रोक्न कोरोना खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् ।

के हो त डबल म्युटेन्ट ?

अन्य भाइरसजस्तै कोरोना भाइरस पनि एक व्यक्तिबाट अर्कोमा सर्दा केही परिवर्तन हुन्छ । यसरी परिवर्तन हुनुलाई ‘म्युटेसन’ भनिन्छ । म्युटेसन हुँदा भाइरसको स्वरुपमा ठूलो परिवर्तन भने हुँदैन र भाइरसको स्वभाव पनि परिवर्तन हुँदैन । यद्यपि केही म्युटेसनमा भने मानव कोषमा भाइरस प्रवेश गराउन सहयोगी भूमिका खेल्ने प्रोटिन बढ्छ, जसको कारण म्युटेट भएको भाइरस बढी संक्रामक हुन्छ ।

कोरोना भाइरसजस्ता भाइरसविरुद्धको खोपले हाम्रो शरीरमा एन्टिबडीको विकास गरी मानव कोषमा भाइरसलाई पस्न दिँदैन । यस्तोमा कोरोनाको नयाँ प्रकारले भने खोपको प्रभावकारिता कम गर्न सक्छ ।

बुधबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार महाराष्ट्रमा संकलन गरिएको एउटा स्वाबको परीक्षणको क्रममा यसअघि नै आफ्नो स्वरुप परिवर्तन गरिसकेका दुई नयाँ प्रकारको कोरोनाको केही भाग एउटैमा रहेको कोरोना भाइरस फेला परेको हो । मन्त्रालयका अनुसार कोरोना भाइरसको डबल म्युटेन्ट प्रकार मानिसको प्रतिरोधी क्षमतालाई छल्दै शरीरमा संक्रमण बढाउन सक्ने देखिएको छ ।

‘डबल म्युटेन्ट’ दुर्लभ हो ?

लोउसियाना स्टेट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ जेरेमी कमिल भन्छन्, ‘होइन ।’

उनले अमेरिकामा कोरोना भाइरसले देखाइरहेको फरक फरक प्रकृतिको विषयमा अध्ययन गरिरहेका छन् । ‘अहिले एकैपटक एकभन्दा धेरै म्युटेसन देखिनु सामान्य भइसक्यो’, उनले भने ।

महामारी सुरु हुनुभन्दा पहिला कोरोनाको एउटामात्र प्रकार थियो । अहिले जुनसुकै कुनामा कोरोनाको म्युटेसन भएको नयाँ प्रकार देख्न सकिन्छ । भारतको एक ओपन शेयरिङ डाटाबेसका अनुसार भारतमा दुई किसिमको म्युटेसन देखिएको ४३ केस देखिएको छ । यस्तोमा भाइरस अझै निरन्तर म्युटेट हुँदै जाने कामिलको भनाइ छ ।

चिन्ता

अहिलेकै अवस्थामा भाइरसले स्वरुप परिवर्तन गरेको अवस्थामा आगामी दिनमा संक्रमणबाट निको भएका मानिसलाई पनि पुनः कोरोना संक्रमण हुन सक्ने विशेषज्ञहरु बताउँछन् । यद्यपि दोस्रोपटकको संक्रमण त्यति धेरै जोखिमपूर्ण भने नहुने वैज्ञानिकहरुले बताएका छन् ।

दोस्रोपटक पनि संक्रमण हुन सक्ने सम्भावनाले भने कोरोना महामारीको अन्त्य तत्काल अन्त्य हुने सम्भावना भने कमजोर हुन्छ ।

जानकारहरुका अनुसार भारतमा अहिले देखिएको ‘डबल म्युटेन्ट’ प्रकार त्यति धेरै संक्रामक र जोखिमपूर्ण भने देखिएको छैन । यद्यपि यसबारे थप जानकारीका लागि भने अझै धेरै तथ्यांक आवश्यक पर्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?