+
+
Shares
अर्थ समिति :

बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १८:५१
फाइल तस्वीर

१२ चैत, काठमाडौं । बीमा प्राधिकरणमा रुपान्तरण हुँदा बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने भएका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिको बिहीबारको बैठकमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफलमा बीमा समितिका सञ्चालक, अध्यक्ष र कर्मचारी स्वतः प्राधिकरणको सञ्चालक, अध्यक्ष र कर्मचारी रहने व्यवस्थामा सहमति जुटेको हो ।

यसअघि कर्मचारी मात्रै प्राधिकरणमा रहने तर सञ्चालक तथा अध्यक्ष पुनः नियुक्ति गर्ने व्यवस्था गर्न खोजिएको थियो ।

बिहीबारको छलफलमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बीमा समितिका सञ्चालक, अध्यक्ष र कर्मचारी सबै स्वतः आफ्नो कार्यकालभर प्राधिकरणमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । उनका अनुसार सोही कुरामा सहमति जुटेको छ ।

यसअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा समितिका कर्मचारीलाई मात्रै बीमा प्राधिकरणमा लैजान सकिने र सञ्चालक तथा अध्यक्ष पुनः नियुक्ति गर्ने व्यवस्था कायम गर्न अडान लिंदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?