+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जनगणनाका लागि झापामा पुरुषभन्दा महिलाको बढी निवेदन

रासस रासस
२०७७ चैत १५ गते १३:२५

१५ चैत, झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् ।

कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ गरी सात हजार ९३७ जनाको निवेदन आएको जानकारी दिए । उनले मागिएका कर्मचारी भन्दा सात गुणा बढीले जिल्लामा आवेदन फारम भरेको बताए ।

जिल्लामा सुपरीवेक्षकका लागि २५९ र गणकका लागि एक हजार ८१ जना कर्मचारी करारमा चाहिएको प्रमुख लुइँटेलले बताए । योग्यता क्षमता भएका तर पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भएका महिलाले निवेदन दिएका कारण महिलाको सङ्ख्या बढी भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाहीले बताए ।

छनोटमा परेका सुपरीवेक्षकले पहिलो चरणको कार्यक्रमअन्तर्गत घर तथा परिवारको सूचीकरण आगामी वैशाख २६ देखि जेठ १४ गतेसम्म प्रत्यकेका घरघर पुगेर गर्ने र त्यसकै आधारमा गणकले परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण, बैँकिङ पहुँचको विवरण संकलन गर्नेछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?