+
+
Shares

कैलालीको बर्दगोरियामा ट्याक्टर दुर्घटना, ६ जना भारतीय मजदुर घाइते   

रासस रासस
२०७७ चैत १५ गते १९:२४

१५ चैत, सुदूरपश्चिम । कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आइतबार से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६ जना भारतीय मजदुर घाइते भएका छन् । सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, कमलेशकुमार, गिरी धारीलाल, संजयकुमार, निरज कुमार र चालक मोहम्मद साह रहेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । स्थानीय क्षेत्रमा दक्ष कामदार नपाउँदा सडक कालोपत्रे गर्ने कामका लागि भारतका विभिन्न क्षेत्रवाट कामदार आउने गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?