+
+
Shares

सुरक्षित निकालियो स्वेज नहरमा फसेको जहाज

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १४:००

१६ चैत, काठमाडौं । इजिप्टस्थित स्वेज नहरमा गत मंगलबार फसेको पानी जहाजलाई सुरक्षित निकालिएको छ । सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा जहाजको पछाडिको भाग घुमेको कारण नहरको बाटो खुलेको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले अहिले जहाज तैरिन थालेको र अब उक्त जहाजलाई चल्न सक्ने बनाउने प्रयास भइरहेको उल्लेख गरेको छ ।

विश्वभरका जहाजको विवरण राख्ने सेवा वेसलफाइन्डरले आफ्नो वेबसाइटमा स्वेज नहरमा फसेको जहाज अब आफ्नो बाटोमा रहेको उल्लेख गरेको छ । गत मंगलबार चारसय मिटर लामो यो जहाज नहरको बाटो रोकिने गरी फसेको थियो । जसको कारण युरोप र एसियालाई जोड्ने रुटको रुपमा रहेको उक्त नहरमा जाम भएको थियो । कम्तीमा ३६९ जहाज बाटो खुल्ने प्रतीक्षा गरिरहेका छन् । विश्वको समग्र व्यापारको १२ प्रतिशत व्यापारको लागि यो रुटको प्रयोग हुने गरेको छ ।

लामो समयसम्म पनि जहाजलाई निकाल्न नसकिएपछि आइतबारबाट अधिकारीहरुले जहाजमा रहेको २० हजार कन्टेनर निकालेर जहाजको लोड घटाउने तयारी गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?