
केही दिनयता मुलुकभरका जंगलमा डढेलो लागेको र हावा नचलेको कारण काठमाडौँ, पोखरा लगायतका शहरमा तुवाँलो फैलिएको छ । जसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गतेदेखि चार दिनका लागि सरकारले विद्यालयहरु बन्द गराएको छ । वायु प्रदुषणका कारण उडानहरु प्रभावित भएका छन् भने गत चैत १३ गते काठमाडौं विश्वकै सबैभन्दा प्रदुषित शहर बन्यो ।
गत चैत १६ गतेदेखि डढेलोबाट नेपालमा भएको क्षतिबारे ध्यानाकर्षण गराउन ट्वीटर र फेसबुकमा #PrayforNepal व्यापक रुपमा शेयर गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आगलागीका विभिन्न तस्बिर नेपालको डढेलोको भन्दै शेयर गरेका छन् ।
ट्वीटरमा यहाँ यहाँ र फेसबुकमा यहाँ यहाँ तस्वीर शेयर गरिएका छन् । तिनमा केही नेपालका डढेलोका तस्वीर छन् भने अधिकांश विदेशमा भएका आगलागीका तस्वीर भएको फेला परेको छ ।
तीमध्ये चारवटा भ्रामक तस्वीरको साउथ एसिया चेक ले तथ्य जाँच गरेको छ ।
पहिलो तस्वीर

दोस्रो तस्वीर

तेस्रो तस्वीर

चौथो तस्वीर

यसरी नेपालमा यस वर्ष मनसुन अगाडि लागेको डढेलोको तस्वीर भन्दै अमेरिका, क्यानडा र इण्डोनेसियामा यसअघि भएका आगलागीका तस्वीर सामाजिक सञ्जालमा शेयर गरी भ्रम फैलाइएको छ ।
प्रतिक्रिया 4