Comments Add Comment

ऋषभ पन्त दिल्ली क्यापिटल्सको नयाँ कप्तान

१७ चैत, काठमाडौं ।विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त इन्डियन प्रिमियर लिग आईपीएल टोली दिल्ली क्यापिटल्सको कप्तान चयन भएका छन् ।

दिल्ली क्यापिटल्सले अप्रिल ९ देखि सुरु हुने १४ औं संस्करणको आईपीएलका लागि पन्तलाई कप्तान घोषणा गरेको हो । नियमित कप्तान श्रेयस अयेर घाइते भएपछि दिल्लीले पन्तलाई नयाँ कप्तान बनाएको हो ।

भारत र इंग्ल्याण्डबीचको  एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा श्रेयस घाइते भएका थिए । उनको अप्रिल ८ मा बायाँ पाखुराको शल्यक्रिया गरिने भएको छ ।

दिल्लीका प्रमुख तथा को ओनर किरणकुमार गान्धीले श्रेयसको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । श्रेयसको कप्तानीमा दिल्ली गत सिजन आईपीएल फाइनल खेलेको थियो ।

नयाँ कप्तान चयन भएपछि श्रेयसले पनि आफ्नो पाखुराको चोट लागेको र दिल्लीलाई नयाँ कप्तान चाहिएको बताए । उनले ऋषभ त्यसका लागि सही व्यक्ति भएको समेत बताएका छन् ।

यस्तै २३ वर्षीय विकेटकिपर ऋषभ पन्तले दिल्लीलाई नेतृत्व गर्नु सधैं आफ्नो सपना भएको र सपना पूरा भएको बताए । उनले टिमप्रति आभारी रहेको बताए ।

यस्तै दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले अघिल्लो दुई वर्ष श्रेयासको नेतृत्वमा दिल्लीले राम्रो गरेको र अब युवा खेलाडी अषभका लागि अवसर रहेको बताए ।

नयाँ सिजनको आईपीएल ऋषभका लागि कप्तानीको डेब्यु हुनेछ । उनले यसअघि दिल्लीको स्टेट टिमलाई कप्तानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment