Comments Add Comment

भन्सार छलीको आरोपमा बालाजी ग्लासलाई पाँच सय प्रतिशत जरिबाना

वीरगञ्ज सुक्खा बन्दरगाह/फाइल तस्वीर

१८ चैत, काठमाडौं । सिसा आयात गर्दा कर छल्ने प्रयास गरेको भन्दै बालाजी ग्लास प्रालिलाई भन्सारले पाँच सय प्रतिशत गरेको छ । कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई दुई करोड ३९ लाख २० हजार रुपैयाँ भन्दा धेरै जरिबाना गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

बालाजी ग्यासलाई पहिलो चरणको जरिबाना गरिएको र उसले यस अघि कर छली गरे नगरेको बारे थप अनुसन्धान प्रक्रियामा रहेको भन्सार कार्यालय प्रमुख डा.लालबहादुर खत्रीले बताए । ‘कम्पनीले आयात गरेको सिसाको भन्सारमा घोषणा गरेको वस्तुको लागत र परिमाण तथा वस्तुको प्रकारमा फरक देखियो, थप अनुसन्धान हुँदैछ,’ भन्सार कार्यालय प्रमुख खत्रीले भने । आयातकर्ताले कर छली गर्ने उदेश्यका साथ सिसाको मोटाइ ढाँटेकोमा दुई सय प्रतिशत र सिसाको आयात नै फरक जोनमार्फत गरेको अभियोगमा थप तीन सय प्रतिशत गरी पाँच सय प्रतिशत जरिबाना गरिएको भन्सार कार्यालयले जनाएको छ । आयातकर्तामाथि थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार खत्रीको भनाइ छ ।

बालाजीले पाँच एमएमको सिसा आयात गरेर भन्सारमा भने चार एमएमको घोषणा गरेको पाइएको भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले बताए । बालाजीले घोषणा गरेभन्दा पाँचसय ३५ स्क्वायर मिटर बढी सिसा भन्सार गणकले फेला परेको पनि उनको भनाइ छ । सिसाको एमएम घटाएर भन्सार छलीगर्न खोजेको आरोपमा ९२ लाख ९६ हजार र घोषणा गरिएको भन्दा बढी परिमाणमा सामान भित्र्याएको कसुरमा भन्सार ऐन अन्तर्गत १ करोड ४६ लाख २४ हजार रुपैयाँ जरिबाना गरिएको कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment