Comments Add Comment

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन भद्दा मजाक: योगेश भट्टराई

१९ चैत, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए । यसबारे ट्वीटरमा प्रतिक्रिया दिँदै भट्टराईले लेखेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल: विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् ।’

उनले अघि लेखेका छन्, ‘कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment