Comments Add Comment

४ चिनियाँ परम्परागत पोसाक : हान वंशको ‘हानफु’देखि माओ सुटसम्म

विश्वमा प्रत्येक देशको आ-आफ्नै अनौंठो परम्परागत पहिरन संस्कारहरू रहेको पाइन्छ । यही भाषा संस्कृति र पहिरन आदिमा रहेको विशिष्टताका कारण नै एक देशलाई अर्को देशबाट अलग गर्न सकिन्छ । आधुनिकीकरणको प्रभावले विदेशी पहिरनलाई अँगाले पनि आफ्नो अस्तित्वलाई जोगाउन आफ्नो परम्परागत एवं विशिष्ट सांस्कृतिक संस्कारलाई बचाउनै पर्छ ।

परम्परागत चिनियाँ लुगाहरू पनि यही चीनको विशिष्ठता जनाउने एउटा सहायक तत्व हुन् । लामा कपडाहरू, खुकुलो र सीधा-काटिएको ज्याकेटहरू एव‌ं प्यान्ट वा गाउन आदि चिनियाँ परम्परागत पहिरनका विशेषता भित्र पर्छन् । झण्डै ३ हजार वर्षसम्मको इतिहास बोकेको यो पहिरन संस्कारले परम्परागत चिनियाँ सौन्दर्यशास्त्र, दर्शन र सामाजिक मूल्यमान्यताहरूलाई प्रतिबिम्बित गरेको चिनियाँहरूको विश्वास छ ।

४ किसिमका प्रसिद्ध पारम्परिक चिनियाँ कपडाहरूको सामान्य परिचय तल दिइएको छ ।

१. हानफु
हानफु (हान कपडा) बहुसंख्यक चिनियाँ हान जातीय समुदायको विशेष पहिरन हो । यो पहिरन हाल चलनमा रहेका परम्परागत पोसाकहरूमध्‍ये सबैभन्दा पुरानो पहिरन संस्कार मान्ने गरिन्छ । चिनियाँ किंवदन्ती अनुसार यो ३ हजार वर्ष पहिलेदेखि सुरु भएको पहिरन शैली हो । जब शासक हौंदीकी पत्नी लेइजुले रेशमबाट एउटा कपडा बनाएकी थिइन्  त्यही शैलीको कपडा नै अहिलेसम्म पनि हानफुको नामबाट चर्चित रहेको चिनियाँहरू मान्छन् । हौ‌दीका उत्तराधिकारीहरू एवं राजवंशले यो कपडालाई प्रचार गर्दै गयो । चारसय वर्षपछि उक्त राजवंश ढलेपछि पनि हान जातिले यसलाई बिर्सिएनन् । अहिले पनि हानफूलाई चिनियाँहरूले परम्परागत कपडाको रूपमा प्रयोग गर्दै आएका छन् । यो पोसाक कोरिया, जापान र भियतनाम जस्ता छिमेकी एशियाली देशहरूमा पनि प्रयोगमा आएको पाइन्छ ।

२ झोङ्सान सुट (माओ सुट)
झोङ्सान सूट जसलाई चीन बाहिर ‘माओ सूट’को रूपमा पनि चिनिन्छ । यो एक प्रकारको पुरुष पोसाक हो। सन् १९१२ मा रिपब्लिक चीनको स्थापना पछि डा. सुन यत सेन ‘सुन झोङ्ग्सन’को नामबाट नै यो सुटको नाम राखिएको हो । झोङ्सनले सुरुवात गरेको सो शैलीको सुटलाई पछि माओले सार्वजनिक रूपमा धेरै पटक लगाएको देखेपछि यस पोसाकलाई “माओ सुट” को नामबाट पनि चिन्न थालियो । सन् १९२० को दशकमा चीनको सार्वजनिक सेवाका अधिकारीहरूले यो शैलीको सुट लगाउन थाले । १९४९ मा भएको सांस्कृतिक क्रान्तिको अन्तसम्म यो पोसाकले चर्चा कमासकेको थियो ।

३ ताङ सुट
ताङ सुटले अक्सर ताङ राजवंशको कपडाको सट्टा चिनियाँ ज्याकेटको परम्परागत शैलीलाई जनाउँछ। यो नाम आप्रवासी चिनियाँहरूले राखेको नाम हो । ताङ साम्राज्य विश्वमा समृद्ध र शक्तिशाली साम्राज्यको रूपमा चर्चित भएकोले आप्रवासी चिनियाँहरूलाई धेरैले ‘ताङ पिपुल’ भनेर चिन्न थाले । उनीहरूले लगाउने सुटलाई ‘ताङ सुट’ भन्न थालियो ।

४ च्योङ्सम
च्योङ्गम (क्युपाओ) क्विङ राजवंश (१६४४ देखि १९१२ सम्म) को मान्छु महिलाहरूसँग सम्बन्धित छ । उनीहरू लामो गाउन कपडा लगाउने गर्दथे । मान्चू जातीय मानिसहरूलाई हान जातिको पुस्ता पनि मान्ने गरिन्छ ।

चिनियाँ सञ्चारमाध्यमहरूको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment