+
+
Shares

देशभर थपिए १२८ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २१ गते १९:१५

२१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा १६१ जनासहित २ लाख ७३ हजार १२३ जना निको भएका छन् ।

यस्तै कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?