Comments Add Comment

घरेलु मैदानमै चेल्सीको हार

२१ चैत काठमाडौं । प्रिमियर लिगमा लण्डन क्ल चेल्सी रेलिगेसन जोनमा रहेको वेष्ट ब्रोमसँग घरेलु मैदानमै पराजित भएको छ । शनिबार भएको खेलमा सुरुवाती अग्रता लिएपनि १० खेलाडीमा सिमित चेल्सी वेस्ट ब्रोमसँग ५-२ ले पराजित भएको हो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि थिएगो सिल्भा दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो ।

त्यसको फाइदा वेष्टब्रोमले राम्रोसँग उठायो । पहिलो हाफको इन्जुरी टाइममा वेष्टब्रोमका लागि कोस्टा म्याथुस पेरेरा बराबरी गोल फर्काए । इन्जुरी टाइमकै चौथो मिनेटमा पेरेराले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा वेस्टब्रोमले २-१ को अग्रता बनायो ।

६३ औं मिनेटमा क्यालम रोबिन्सन र ६४ औं मिनेटमा डायग्नेले गोल गरेपछि वेस्टब्रोमले ४-१ को अग्रता बनायो । खेलको ७१ औं मिनेटमा चेल्सीका मेसन माउन्टले गोल गर्दै खेललाई ४-२ को स्थितिमा पुर्‍याए ।

तर इन्जुरी टाइममा रोबिन्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि वेष्टब्रोमले ५-२ को शानदार जित हात पार्यो ।

हारपछि ३० खेलबाट ५१ अंकसहित चेल्सी चौथो स्थानमा यथावत छ । जितपछि ३० खेलबाट २१ अंक जोडेको वेष्टब्रोम पुछारबाट दोस्रो अर्थात १९औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment