Comments Add Comment

विराटनगरमा दुर्गाप्रसादको उपचार सुरु

२२ चैत, मोरङ । भारतका विभिन्न जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । प्रदेश नं. १ ले उपचारको जिम्मेवारी लिने निर्णय गरेअनुसार आइतबार विराट मेडिकल कलेजमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो ।

अस्पतालका डा. पुरु कोइरालाले तिम्सिनाको प्रारम्भिक स्वास्थ्य जाँच गरेको उनका भतिज गोपाल तिम्सिनाले बताए । उपचारका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले समन्वय गरिरहेका छन् ।

प्रदेश सरकारको समन्वयमा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् । तिम्सिनाले जिल्ला प्रशासन कार्यालय, इलामबाट हालै नागरिकता लिएका छन् ।

उनलाई  लागेको आरोपमाथि बिना सुनुवाइ चार दशकसम्म जेलमा बसेका दुर्गाप्रसादको तर्फबाट क्षतिपूर्ति माग गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने परिवारको तयारी छ ।

यो पनि पढ्नुस् 

४० वर्षसम्म दुर्गाप्रसाद मात्रै हराएनन्, आमाको सपना पनि हरायो

भारतीय जेलबाट छुटेका दुर्गाप्रसादले घर पुगेर भने – आमा !

४१ वर्षपछि आमा छोराको भेट : झण्डै चिनिनँ ! फोक्से मासु लागेछ

दुर्गाप्रसादको अर्को पीडा : घरमा चारवटा चुल्हा छन्, सबैजसो बिरामी

दुर्गाप्रसादले भने : जेलको भन्दा घरको भात मीठो ! (भिडियोसहित)

हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

‘दुर्गाप्रसादले लामो लडाइँ जिते, उपचारको दायित्व नेपाल सरकारले लिए हुन्थ्यो’

थुनामुक्त भएपछि दुर्गाप्रसादले गाए ‘रेसम फिरिरी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment