
गायिका नीशा कँडेलको ‘तस्वीर २’ सार्वजनिक भएको छ । ‘तस्वीर २–ओ प्रिया’ बोलको गीतमा गायिका कँडेल र गायक अमन प्रधानको स्वर छ । भिडियोमा बिष्णुवावु देवकोटाको शब्द, टिका दाहालको संगीत छ ।
यूवायूवतीको प्रेम आकर्षण र बिबाहलाई देखाइएको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4