Comments Add Comment

समानान्तर कमिटीमा बसे पनि कारबाही हुन्छ : प्रमुख सचेतक भट्टराई

२३ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीमा समानान्तर गतिविधि गर्ने र समानान्तर कमिटीमा रहनेहरुलाई कारबाही हुने बताएका छन् ।

‘जसरी नेतृत्वका केही व्यक्तिलाई कारबाहीको प्रक्रिया अघि बढेको छ । अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्धत हुने र कमिटीमा बस्नेहरु समेतलाई कारबाही गर्ने दिशामा पार्टी अघि बढ्छ’ सोमबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग उनले भने ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाटै निलम्बन गरिसकेका छन् ।

यी चार नेतालाई जस्तै समानान्तर गतिविधि गर्नेहरु कारबाहीमा पर्ने चेतावनी नेता भट्टराईले दिएका हुन् ।

‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्नेमा यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वाभाविक छ त्यो पार्टी कारबाहीको विषय बन्छ’ उनले भनेका छन्, ‘समानान्तर कमिटी गठन गर्ने कुरा कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment