२४ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बैशाखमा आयोजना गर्ने त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि टिकट मूल्य तोकेको छ ।
क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखिएको जनाएको छ ।
वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।
सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपालले आजदेखि बन्द प्रशिक्षण सुरु गरिसकेको छ । नेपाली टिम केही दिनपछि घोषणा हुनेछ ।
प्रतिक्रिया 4