Comments Add Comment

कास्कीमा माधव पक्षको १४९ सदस्यीय समानान्तर कमिटी

२५ चैत, पोखरा । नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन गरी शपथ गराएको छ ।

चैत १९ गते माधवकुमार नेपाल र गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए ।

समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए । घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्‍याएर शपथ गराइएको कास्की अध्यक्ष आचार्यले जानकारी दिए ।

कमिटीको उपाध्यक्ष शोभखर भण्डारी, उपसचिव पूर्ण लामा चयन भएका छन् । यस्तै पोखरा महानगर कमिटी अध्यक्षमा मुक्ति पौडेल र सचिवको जिम्मेवारी सुशील बस्नेतलाई दिइएको छ ।

केन्द्रीय पोलिटब्युरो सदस्य तुलबहादुर थापाले कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाए । जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेपछि योगेश भट्टराईबाट शपथ खुवाउने कार्यक्रम थियो । मौसमका कारण जहाज नउडेपछि नेता  थापाले शपथ खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment