Comments Add Comment

यान ल विराटनगर सिटी एफसीको प्रशिक्षक नियुक्त

२५ चैत, काठमाडौं । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले भारतीय प्रशिक्षक यान ललाई प्रशिक्षक बनाएको छ । विराटनगरले यानलाई प्रशिक्षक नियुक्त गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

यसअघि विराटनगर सिटी एफसीका प्रमुख कार्यकारी अधिकृत सुबासिस कोइरालाले यानसँग कुरा भइरहेको र उनी नेपाल आएपछि अन्तिम निर्णय हुने बताएका थिए । यान राम्रो प्रशिक्षक रहेको समेत कोइरालाले बताएका थिए ।

उनी एएफसी ए लाइसेन्स लिने सबैभन्दा युवा प्रशिक्षक रहेको विराटनगरले जनाएको छ । भारतको आई लिगमा विभिन्न क्लब हेरिसकेका उनी युवा उमेरमै अनुभवी प्रशिक्षक बनिसकेका छन् । केही दिनअघि सम्पन्न आई लिगमा उनले एजवाल एफसीको प्रशिक्षकको रुपमा काम गरेका थिए । सोही क्लबा नेपालका अभिषेक रिजालले समेत खेलेका थिए ।

यस्तै उनले गएको सिजन अभिषेक नै खेलको मोहम्मदन स्पोर्टिङलाई आई लिग क्वालिफायर्स जिताउँदै आई लिगमा छनोट गराएका थिए ।

२८ वर्षीय यानले यसअघि आई लिगमै मिनेर्भा पञ्जावको प्रशिक्षको रुपमा काम गरेका थिए, जहाँ नेपालका किरण चेम्जोङले पनि खेलेका थिए ।

बिराटनगर सिटी एफसी एनएसएलमा विदेशी प्रशिक्षक भित्र्याउने दोस्रो क्लब हुनेछ । यसअघि धनगढी एफसीले नाइजेरियाका फुजा तोपेलाई अनुबन्ध गरिसकेका छ । फुजाले नेपालमा मनाङ मर्स्याङ्दी क्लबलाई प्रशिक्षण गराइसकेका छन् ।

विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टिमका डिफेण्डर रन्जित धिमाल रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संस्करणको एनएसएल बैशाख ११ देखि २१ गतेसम्म हुनेछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा देशभरका सात वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसका खेलाडीको अक्सनसमेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment