
२५ चैत, काठमाडौं । माउन्टेन ड्युले ग्रीष्मयामका लागि आफ्नो नयाँ प्रचार अभियान सुरु गरेको छ । जसका लागि माउन्टेन ड्यूले नयाँ भिडियो विज्ञापन समेत सार्वजनिक गरेको छ । विज्ञापनमा अनुप विक्रम शाहीले अभिनय गरेका छन् । माउन्टेन ड्युले ‘डरको अगाडि जित छ’ भन्ने देखाउनका लागि भिडियो विज्ञापन सार्वजनिक गरेको छ । जसमा मानिसहरुलाई सामाजिक दवाबबाट स्वतन्त्र हुन र उनीहरुको डरलाई जित्न प्रेरित गरिएको छ ।
रोमाञ्चकारी भिडियो विज्ञापनमार्फत् सन् २०२१ को ग्रीष्मयामका लागि आफ्नो नयाँ प्रचार अभियान सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानले ब्राण्डको डरको अगाडि जीत छ भन्ने दर्शनशास्त्रलाई एक नयाँ शैलीबाट पुनः बेजोड तरिकाले भिडियो विज्ञापनमा पेस गरिएको छ । भिडियोमा माउन्टेन ड्युको सद्भावना दूतको रुपमा शाहीलाई देख्न सकिन्छ । कम्पनीका अनुसार डरले हैसियत होइन हिम्मत हेर्छ भन्ने गहन विषयलाई यो नयाँ भिडियो विज्ञापनले समेटेको छ ।
भिडियो सुटिङ गर्दाको क्षण स्मरण गर्दै शाहीले भने, ‘वास्तविक नायकहरु उनीहरुको शक्तिबाट चिनिन्छन् र उनीहरु कहाँबाट आएका हुन् त्यसले अर्थ राख्दैन । मलाई पूर्ण विश्वास छ कि यो नयाँ भिडियोले नेपाली युवाहरुलाई अभिप्रेरित गर्नेछ र उनीहरुलाई आफ्नो अगाडि आइपरेको डरको सामना गर्न सामान्य आत्मविश्वास जगाएर त्यो चुनौती उपर जित हासिल गर्न सकिन्छ भन्ने विश्वास जागृत गराउनेछ ।’
पेप्सीका मार्केटिङ डाइरेक्टर नसीब पुरीले भने, ‘हाम्रो डरको अगाडि जीत छ भन्ने दर्शनशास्त्रका साथ माउण्टेन ड्युले असाधारण सफलता प्राप्त गर्न डरको चूनौतीमा आफूहरुलाई अग्रसर गराउनेहरुको साहस र हिम्मत प्रति सधैं सम्मान गर्दछ । सन् २०२१ मा ब्राण्डले सफलता उनीहरुले नै चुम्छन् जसले आइपरेको चुनौतीको सामना गर्दछन्, उनीहरुको पृष्ठभूमिले त्यसमा अर्थ राख्दैन भन्ने सन्देश दिएको छ । हामी विश्वस्त छौं कि डरले हैसियत होइन, हिम्मत हेर्छ भन्ने वाक्यले जहाँकहीँका युवाहरुलाई झकझकाउनेछ ।
प्रतिक्रिया 4