Comments Add Comment

‘माइतीघर २’मा अनमोल केसी

निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’को पछाडि २ थप्दै नयाँ कथामा चलचित्र बन्ने भएको छ । ‘माइतीघर २’ नाममा बन्न लागेको चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ । यो चलचित्रलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् ।

च्लचित्रको बिषयमा भूवनले भने–‘हो, हामी माइतीघर २’ बनाउने तयारीमा छौं । चलचित्रको कथावस्तु तयार भैसकेको छ ।’ भूवनले आफ्नै ब्यानरमा चलचित्र ‘पारस’ पनि बनाउने तयारी गरेका छन् । तर, ‘माइतीघर २ र पारस’ मध्ये कुन चलचित्र पहिले बन्ने भन्ने बिषयमा पक्का नगरिएको भूवनले बताए । उनले भने–‘हामी दुबै चलचित्र एकपछि अर्को रुपमा बनाउनेछौं । कुन चलचित्रको छायांकन पहिले गर्ने भन्ने बिषयमा छलफल हुँदैछ ।’

भूवनका अनुसार, यो चलचित्रलाई सुवोध चोपडाले निर्देशन गर्दैछन् । चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिनेछन् । नायिका भने फाइनल गरिएको छैन । लभ स्टोरी कथामा बन्ने यो चलचित्रमा अनमोलको गेटअप परिवर्तन हुने वुझिएको छ ।

कोभिडको जोखिम बढेको खण्डमा यसको निर्माणपक्षले छायांकन नयाँ बर्षबाट सुरु गर्न नसकिने बताएको छ । तर, कोभिडको जोखिम कम भएको खण्डमा वैशाखबाटै ‘पारस वा माइतीघर २’ मध्ये एक चलचित्रको छायांकन सुरु गर्ने योजनामा आफू रहेको भूवनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment