+
+
Shares

नबिल बैंकको ‘नबिल गेन–एन’ बचत खाता, के–के पाइन्छ सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १७:०६

२७ चैत, काठमाडौं । नबिल बैंकले ‘नबिल गेन–एन’ बचत खाता खोल्न आग्रह गरेको छ । कोरोनँको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले ‘नबिल गेन–एन’ ल्याएको थियो ।

‘नबिल गेन–एन’ नया“ सोच र नया“ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नया“ युगको सुरुवात गरिएको नबिल बैंकले बताएको छ । यसमा एनटीसी, ऐनसेल २ जिबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।

हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की ‘नबिल गेन–एन’ खोलि यस खाताको लाभ लिई ढुक्क हुन सकिने बैंकले बताएको छ ।

‘कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउ“दा हामी गौरवान्वित छौ’ शुक्रबार बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा नबिल बैंक आफ्ना आदरणीय ग्राहकहरुप्रती हार्दिक आभार प्रकट गर्न चाहन्छ ।’

सन् १९८४ देखि आफ्ना आदरण्ँीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?