Comments Add Comment

‘माई सेकेन्ड टिचर’ वैशाख १ गतेदेखि

२७ चैत, काठमाडौँ । ‘माई सेकेन्ड टिचर’ ई-लर्निङ्ग प्ल्याटफर्म वैशाख १ गतेदेखि शुरु हुने भएको छ । यसले नेपालको शैक्षिक गुणस्तर सुधार गर्न मद्घत गर्ने निर्माता इनोभेट टेकले जनाएको छ । एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक–विद्यार्थीको कुराकानीमा आधारित अन्र्तक्रियात्मक भिडियो सामाग्रीहरु राखिएको छ ।

बैशाख १ गतेदेखि देशभरका विद्यार्थीले नेपाल डट माई सेकन्ड टिचर डट कम मार्फत विभिन्‍न विषयका भिडियो सामाग्रीहरु हेर्न सक्नेछन् । समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरुलाई शिक्षण पद्घतिसँग जोड्ने शिषक विद्यार्थीको रोचक संवादमा आधारित अन्तरक्रियात्मक भिडियो सामाग्रीहरुले विद्यार्थीलाई आकर्षित गर्ने निर्माता कम्पनीको भनाइ छ ।

यसमा नबुझेको कुरा शिक्षकसँग अनलाईन र व्यक्तिगत रुपमा नै सोध्न मिल्ने सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा समेत रहनेछ । प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाईएको, समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतको विशेषताहरु रहेको इनोभेटका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले बताएका छन् ।

जानकारी दिन काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ‘माई सेकेन्ड टिचर’ नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा सावित हुने दाबी गरे । अहिले यसको प्रयोग विश्वका १८ वटा विकसित देशले गरिरहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment