Comments Add Comment

हलेसीमा रमाउँदा ….

पूर्वी नेपालको फन्को लगाउँदा छुटाउनै नसकिने गन्तव्य हो, खाेटाङमा अवस्थित हलेसी महादेव । धार्मिक पर्यटकका लागि मात्र होइन, पुरातत्व र भूगर्भमा रुचि राख्नेहरुको लागि पनि यो सही थलो हुनसक्छ ।

पत्रे चट्टानभित्र बनेको विशाल गुफा र त्यसभित्रका रहस्य र रोमाञ्चकता बोकेका अनेकौं प्राकृतिक कलाकृति छन् । गुफामा प्रवेश गरेर करिब तीन सय फिट तल ओर्लिएपछि खुला एवं समथर ठाउँ भेटिन्छन् ।

पूर्वको पर्यटनमा यसको आफ्नै गरिमा छ ।

नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा होलैसुङले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको हो ।

रोचक कुरा, हलेसी गुफाभित्र एकातिर हिन्दु धर्ममा आस्था राख्नेहरुले पूजापाठ गरिरहेका हुन्छन् भने अर्कोतर्फ बौद्ध धर्ममा विश्वास गर्नेहरुले । किराती थातथलोमा रहेको हलेसीलाई उक्त समुदायले आदिम भूमिको रुपमा पुज्ने गर्छन् । चलनचल्तीमा चाहिं यसलाई ‘पूर्वको पशुपतिनाथ’ भन्ने गरिन्छ ।

नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा होलैसुङले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको हो ।

घना जंगल । जंगलकै मध्यमा रहेको छ गुफा । गुफाभित्रको भौगोलिक बनावट अनौठो र आकर्षक छ ।

हलेसी महादेव परिसरमा हलेसी, बसाहा र भैरव गरी तीनवटा गुफा छन् । यहाँ महाशिवरात्री, रामनवमी, बालाचतुर्दशी र बालाचतुर्दशीमा मेला समेत लाग्ने गर्दछ ।

हलेसीको अवस्थिति

हलेसीधाम करिब २६ रोपनीमा फैलिएको छ । यो समुन्द्री सतहबाट एक हजार एक सय ४४ मिटर उचाइमा छ ।

गुराँसे, तुवाचुङ जायजुममला थुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । यसको आसपासमा अनौठा र अकलात्मक चट्टानहरु भेटिन्छन् । धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।

भष्मासुर गुफा

महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान् विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ ।

त्यसैले यसलाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ रामनवमी, बालाचतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने गर्छ ।

कसरी पुग्ने

 

काठमाडौंबाट हलेसी पुग्न दुई बाटा छन् । काठमाडौंबाट जाने हो भने मिर्चैया, कटारी, घुर्मी, हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुग्न सकिन्छ । अर्को बाटो, काठमाडौं, धुलिखेल, नेपालथोक, खुर्कोट, सिन्धुली, हर्कपुर हुँदै जयरामघाटबाट दूधकोशी तरेर हलेसी पुग्न सकिन्छ ।

काठमाडौंदेखि हलेसी २३० किलोमिटर दूरीमा रहेको छ । जिपमा बिहान ७ बजे हिंडियो भने दिउँसो २ बजे पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment