Comments Add Comment

कोभिडको नयाँ लहरः प्रदर्शन मात्र होइन छायांकन पनि प्रभावित

भारतमा कोभिडको दोश्रो लहर फैलिएसँगै नेपालमा पनि सजगता अपनाउन थालिएको छ । नेपाल सरकारले कोरोना फैलिन सक्ने बिषयमा सचेत गराइसकेको छ । योसँगै चलचित्रको छायांकन सुरु गर्ने तयारीमा रहेका निर्माताहरु पनि अलमलमा देखिन थालेका छन् ।

उसो त, केही चलचित्रको छायांकन घोषणा भैसकेको छ । तर, छायांकनमा जाने तयारीमा रहेका निर्माताहरु तत्काल काम सुरु गर्ने वा नगर्ने भन्ने दोधारमा देखिएका छन् ।

निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाई नभन्नु ल ६’ बनाउने तयारी गरेका छन् । यसका लागि उनी कलाकार छनोटको काममा पनि व्यस्त छन् । तर, कोभिडको बढ्दो केस हेरेर उनी तत्काल छायांकन सुरु गर्ने वा नगर्ने अलमलमा छन् । कोभिडको केस बढेको खण्डमा छायांकन पनि प्रभावित हुने पक्का छ ।

नायक तथा निर्माता भूवन केसीले पनि कोभिडको बढ्दो केस र यसले पार्ने प्रभाव हेरेर मात्र चलचित्र ‘माइतीघर २’को छायांकन सुरु गर्ने बताएका छन् । उनले भने–‘हामीले चलचित्र घोषणा गरेका छौं । तर, छायांकन सुरु गर्ने वा नगर्ने अहिले नै निर्णय गर्न सकिने अवस्था छैन । कोरोनाका कारण एन्टी हिरो र पारसको छायांकन रोकिएको हो ।’

चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु गर्ने तयारीमा निर्देशक सुरेन्द्र पौडेल छन् । तर, यसको निर्माणपक्ष पनि कोरोनाका कारण छायांकन प्रभावित त हुने होइन भन्ने भयमा छ । अर्कोतिर, चलचित्र ‘कबड्डी ४’को छायांकन पनि सुरु हुँदैछ । वैशाखबाट केही चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माता छन् । तर, बढ्दो कोभिड केस र सरकारले विभिन्न नियम तोकिरहेका कारण पनि चलचित्रको छायांकन सहज नहुने पक्का छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment