+
+
Shares

चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

रासस रासस
२०७७ चैत २९ गते १२:५६

२९ चैत, चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् ।

आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भएर कल्भर्टको डिलमा ठोक्किएर पल्टिँदा ४५ र ५५ वर्षीय दुईजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको नाम र ठेगाना भने खुल्न नसकेको जनाइएको छ ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चारजनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?