Comments Add Comment

‘चुरीफुरी’ असोज १ गतेबाट रिलिज हुने

सामाजिक बिषयमा कमेडी शैलीमा तयार भएको चलचित्र ‘चुरीफुरी’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको असोज १ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

ऋषिराज आचार्यको निर्देशनमा यो चलचित्र बनेको हो । चलचित्रको फस्टलुकमा डेब्यू कलाकार अभिषेक श्रेष्ठको साथमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित देखिएका छन् ।

आरबी मुभिजको ब्यानरमा रिना ढकाल र निर्देशक आचार्यको लगानी रहेको चलचित्रलाई राहुल राइले छायांकन गरेका हुन् । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सह–निर्माता रहेको यो चलचित्रमा दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ ।

भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ । चलचित्रले मनोरञ्जनका साथै सन्देश पनि दिने निर्देशक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment