Comments Add Comment

ट्याक्टर दुर्घटना हुँदा काभ्रेमा एकजनाको मृत्यु

२९ चैत, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना ५ त ६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार नमोबुद्ध–२ का १७ वर्षीय झलक विकको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment