+
+

शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलका लागि बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते १८:४८

२९ चैत, काठमाडौं । विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विहान ८  बजे बोलाएको छ ।

बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । उनले भने ‘भोलिको छलफलबाट कसरी अगाडी बढ्ने भन्‍ने निष्कर्ष निस्किन्छ ।’

प्याब्सनले भने सरकार काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिका पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन् ।

कोरोना संक्रमणको दर देशभर नहुने भएकाले अत्यन्तै आवश्यक भए सम्बन्धिन्त विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न र  अन्‍य ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिन प्‍याबसनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?