Comments Add Comment

नेपालले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने

२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको बैठकले नेपालले नामिबियासँग मे महिनामा एकदिवसीय खेल्ने निर्णय गरेको क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

त्यसअघि नेपालले घरेलु मैदानमा वैशाख ४ देखि ११ गतेसम्म नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ ।

त्यस्तै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघको बैठकले यही अप्रिल तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारतबीच टी-२० र एकदिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमा जनाएका छन् ।

तर सिरिज कहाँ हुने र कहिले हुने भन्ने निश्चित मिति तोकिएको छैन ।

नेपालको पुरुष टिमले वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी-२० सिरिज खेल्दैछ ।

कम्तीमा त्यस सिरिजपछि महिला टिमको सिरिज हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment