Comments Add Comment

भारतमा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति दिन सिफरिस

३० चैत, काठमाडौं । भारतमा विशेषज्ञको टोलीले रुसी कम्पनीले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’लाई आपतकालिन प्रयोगको लागि अनुमति दिन सिफारिस गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रेड्डी ल्याबरोटरिजले आपतकालिन प्रयोगको माग गर्दै दिएको आवेदन विशेषज्ञको टोलीले स्वीकृत गरेको हो ।

तर भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले यो खोपलाई अन्तिम स्वीकृति दिन बाँकी छ । डीसीजीआईले अनुमति दिए भारतमा अनुमति पाउने यो तेस्रो कोरोना खोप बन्नेछ ।

भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘कोभिशिल्ड’ र भारत बायोटेकले विकास गरेको ‘कोभ्याक्सिन’लाई आपतकालिन प्रयोगको अनुमति दिइएको छ । तेस्रो चरणको मानव परीक्षणमा रुसी खोप ‘स्पुतनिक भी’ कोरोना संक्रमण नियन्त्रणमा ९१.६ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment