Comments Add Comment

आमाको सम्पत्ति लिएर हेरचाह नगर्नेलाई थुनामा पठाउन अदालतको आदेश

३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको काठमाडौंका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको उनले बताए ।

आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो । त्यही आधारमा २२ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।

उनले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भनिएको थियो । यस्तै सृजना फाइनान्स र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment