Comments Add Comment

पुलिसलाई पन्छाउँदै एपीएफ सेमिफाइनलमा

३० चैत, विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ क्लब छैटौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफले पुलिसलाई २-० गोल अन्तरले हरायो । एपीएफको जीतमा मणि लामा र आशिष लामाले एकएक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ४६ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । खेलको अतिरिक्त समयमा आशिषले गोल गर्दै एपिएफको जित सुनिश्चित गरे ।

दोस्रो हाफको पहिलो मिनेटमा एपिएफले अग्रता बनाएपछि पुलिसले आक्रामक खेल खेलेको थियो । तर एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कष्ट बचाउ गरे भने पुलिसका खेलाडीले पनि केही राम्रा अवसर खेर फालेका थिए ।

खेलको ७१ औं मिनेटमा प्रहरीका रवि पासवानले प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले रोके । खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि गरेको वानटच एपीएफका गोल रक्षक नगरकोटीले विफल पारिदिए ।

खेलको ९० औं मिनेटमा एपीएफका सुमन लामाले डिबक्सदेखि बललाई एक्लै अगाडि बढाएर वान भर्सेस वानमा गोल गरे ।

एपीएफले अब वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ को सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment