+
+
Shares

दोलखामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते ७:१२

३१ चैत, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिए । उनीहरू सबै सिँगटी गाउँका हुन् ।

घाइतेमध्ये १० जनालाई गएराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ । अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । दुर्घटनास्थल सदरमुकामबाट ४० किलोमिटर टाढा पर्दछ । निमित्त प्रमुख जिल्ला अधिकारी बद्रि तिवारी, डिएसपी रिजालसहितको टोली रातभर घाइतेहरुको उद्धार तथा उपचारमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?