Comments Add Comment

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

३१ चैत, गुल्मी । सरकारले जेष्ठ नागरिकलाई बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता दिन थालेपछि अशक्तहरुलाई भत्ता लिन समस्या भएको छ । गुल्मीमा जेष्ठ नागरिकहरु भत्ता लिन बैंकमा लाम लागिरहेका देखिन्छन् ।

इस्मा गाउँपालिकाले वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

वडा कार्यालयबाट नगद भत्ता वितरण गर्दा अनियमितता हुने भन्दै सरकारले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको अवधारणा ल्याएको थियो । इस्मा –१ कि रामकुमारी शारु बैंकिङ सेवा घरगाउँमै हुनुपर्ने बताउँछिन् । पहिले–पहिले गाउँबाटै बुझ्दै आएको रकम सदरमुकाम आउदा–जाँदा झञ्झटिलो र खर्चिलो भएको ज्येष्ठ नागरिक बताउँछन् ।

इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती असहाय, अशक्त, जेष्ठ नागरिकका लागि टोलटोलमै पुगेर भत्ता वितरणका लागि पहल गर्ने बताउँछन् ।

गाउँपालिकामा विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही तीन हजार ५३ जना रहेका छन् । जसमध्ये ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक एक हजार ३५७ जना छन् । उनीहरुले मासिक तीन हजारका दरले हरेक चार महिनामा १२ हजार रुपैयाँ पाउँछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, तम्घास शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्तिबाहेक अरुले भत्ता लैजान नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment