Comments Add Comment

अनफिट नायिका मैं होः वर्षा राउत

नायिका वर्षा राउतले आफूलाई अस्वस्थ महशुश भएको अवस्थामा जीम पुग्ने बताएकी छिन् । विशेषगरि, चलचित्रको पर्दामा देखिने कलाकार फिट देखिनुपर्छ भनिन्छ । वर्षाको मोटोपनको चर्चा भने खुबै हुने गर्दछ । तर, वर्षा आफूलाई आफू स्वस्थ लाग्ने बताउँछिन् ।

तपाइलाई नेपाली चलचित्रमा शारीरिक रुपमा अनफिट कलाकार को लाग्छ भन्ने प्रश्नमा वर्षाले आफूलाई तै देखाइन् । उनले भनिन्–‘सबैजना फिट नै हुनुहुन्छ । अनफिट त मैं हो ।’ वर्षाले बिहान उठ्दा स्वास फेर्न गाह्रो भएजस्तो, अस्वस्थ भए जस्तो महशुश भएको अवस्थामा जीम पुग्ने पनि बताइन् ।

वर्षाले आफूले सोचे जसरी आफ्नो तौल कम नभएको पनि बताइन् । वर्षाले जीम दुब्लाउनका लागि मात्र जानुपर्छ भन्ने सोच्न नहुने बताइन् । भनिन्–‘जीम जोकोही पनि आउन सक्छ । दुब्लाउनका लागि मात्र भन्दा पनि फिट हुन जीम जाने हो ।’

वर्षाले आफ्नो तौललाई लिएर आलोचना गर्नेहरुका कारण तनाव नलिने बताइन् । भनिन्–‘जसले जे भनेपनि मुख्य कुरा खुशी नै हो । मानसिक रुपमा स्वस्थ भयो भने यस्तो कुराले फरक पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment