
३१ चैत, जनकपुरधाम । सर्लाहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो बागमती नगरपालिका-८ गाजली चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज १ त १५७४ नम्बरको ट्याक्टरले बीआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका वडा नम्बर १५ पिप्राभित्ताका ५० बर्षीय भिखारी साह र पछाडि सवार भारतीय नागरिक ४२ बर्षीय प्रकाश सहनीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार ठक्करले गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको छ ।
ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4