Comments Add Comment

‘वर्षमा एकदिन मात्र फुल्ने’ फूललाई साक्षी राखेर ‘प्रेम उत्सव’

सिराहाको लहान क्षेत्र विक्रम संवत्को नयाँ वर्षको सुरुवातसँगै एउटा सांस्कृतिक एवं ऐतिहासिक महत्वका कारण चर्चामा आउने गर्छ । लहानको सल्हेस फूलबारीमा रहेको हारमको रुखमा नयाँ वर्षको दिन बिहानदेखि फुल्ने फूल हेर्नेको घुइँचो लाग्छ । साथै सोही फूललाई साक्षी राखेर प्रेमको कसम खाने जोडीको पनि यस दिन घुइँचो लाग्ने गर्छ । साँझ परेपछि बिस्तारै ओइलाउँदै जाने उक्त फूल यही एक दिनमात्रै फुल्छ भन्ने कस्थानीय मान्यता छ ।

राजा सल्हेसकी प्रेमिका मानिने मालिनीको गहबरसँगैको हारमको रुखमा खुल्ने सुनाखरी जातको उक्त फूलको बारेमा खोजी गरी यकिन जानकारी सार्वजनिक गर्न सकिएको छैन । तर स्थानीयमा भने यो वर्षको एकदिन अर्थात् वैशाख १ गतेमात्रै फुल्छ भन्ने विश्वासले जरा गाडेको छ । सोही कारणले यो दिन यस क्षेत्रमा विशेष मेला लाग्छ । यो एकदिन मात्रै फुल्छ भनेर वैज्ञानिक आधारमा पुष्टि नभए पनि स्थानीय विश्वास भने यही छ ।

यो राजा सल्हेस र उनकी प्रेमिका मालिनीको प्रेम कहानीसँग जोडिएको ठाउँ हो । किंवदन्तीका अनुसार पकडिया गढीकी राजकुमार चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सोही ठाउँका सलहेस समातिएपछि उनीमाथि चरम यातना दिइयो । उनलाई उक्त आरोपबाट मुक्त गर्नको लागि मालिनी नामकी सुन्दरीले सक्दो सहयोग गरिन् । अन्तमा सलहेस दोषमुक्त पनि भए । सलहेस दुसाध जातिका व्यक्ति थिए । दलित समुदायका उनलाई समाजले मालिनीसँग सहजै भेट्न दिँदैन’थ्यो । उनीहरुको साँचो प्रेमलाई समाजले रोक्न सकेन । उनीहरु सल्हेसको वनमा लुकेर भेट्ने गर्थे । त्यसैले हरेक नयाँ वर्षको दिन सलहेसलाई फूलको माला लिएर मालिनीले कुर्ने भएकोले सो फूल नयाँ वर्षको दिन मात्रै फुल्ने गरेको स्थानीय किंवदन्तीमा उल्लेख छ । त्यसैले नयाँ वर्षको मेलाको पहिलो दिन थुप्रै युवा जोडीहरू सोही फूललाई साक्षी मानी प्रेम साटासाट गर्ने गर्छन् । सल्हेस र मालिनीलाई नेपालको मौलिक भ्यालेन्टाइन जोडी पनि मान्ने गरिन्छ ।

मालिनीसँग नजोडिएको भए पनि राजा सल्हेसको बारेमा भने अर्काे नयाँ किंवदन्ती पनि सुन्न सकिन्छ । नेपालको तराई क्षेत्रमा अवस्थित महिसौथा गाउँमा दुसाध जातीका एक महात्मा थिए । उनको नाम वाक मुनि थियो । उनले १२ वर्षको कठोर तपस्या गरेका थिए । उनी तपस्यामा नै बसीरहेको बेलामा मायावती नाम गरेकी एक अप्सरा फूलहरू लिन इन्द्रलोकबाट पृथ्वी लोकमा आए । फूलहरू लिन आएका उनीहरूको आँखा सन्तमाथि पर्यो जो ध्यानमा थिए । उनको सुन्दर उपस्थितिबाट मोहित भए । मायावतीले वाक मुनिको तपस्यालाई उनको सुन्दरता र इशाराले गरे । तपस्या विघटन भएको देखेर वाकामुनिले मायावतीलाई श्राप दिए कि जसरी उनले आफ्नो तपस्या भंग गरिन् त्यसरी नै उनले इन्द्रपुरीमा ठाउँ नपाऊन् ।

साधुको श्राप सुनेर मायावती विलाप गर्न थालिन् । उनी साधुसँग विलाप गर्न थालिन् । वाक ऋषिले उनको श्राप फिर्ता हुन नसक्ने बताए । वाक् ऋषिले उनलाई उनले मृत्युभन्दा अघि तीन छोरा र एउटी छोरीकी आमा बन्नेछिन् र ईश्वरीय शक्ति पाउने छिन्। ऋषि भन्छन् कि उनी मृत्युलोकमा मन्दोदरीको रूपमा परिचित हुनेछिन्।

उनकै छोरा सल्हेस यो कथाका पात्र हुन् । जब सल्हेस १२ वर्षको भए, मन्दोदरीले उनीहरूको विवाहको बारेमा चिन्ता गर्न थालिन् । त्यतिन्जेल सल्हेसले महिसौथामा आफ्नो विशाल राज्य स्थापना गरिसकेका थिए । उनको राज्य चौध कोससम्म विस्तार भएको थियो। सल्हेको विवाहको लागि योग्य केटीको लागि खोजी गरिएको थियो।

योग्य राज्यको खोजी गर्न धेरै राज्यहरूमा पण्डितहरू र नयाँ व्यक्तिहरू घुम्न थाले, तर सल्हेसका लागि योग्य कुनै केटी भेटिएन् । अन्तमा, मन्दोदरीले पण्डितलाई बोलाएर भनिन् कि बरातपुरका राजा बारातकी एउटी छोरी छन् । उनको नाम समरवती हो। उनको जन्म हुने बित्तिकै उनले वाचा गरिन् कि यदि आफूलाई योग्यलाग्ने केटा नभएसम्म उनी बिहे गर्दिनन् । त्यसकारण सल्हेस र समरमतीको विवाहको लागि राजा बारातसँग कुरा चलाउन आग्रह गरिन् । मन्दोदरीको सन्देश लिएर चन्देसर नाई महिसोथाबाट बरातपुरतपर हिँडे ।

राजा बरात क्षत्रीय जातिका व्यक्ति थिए । उनी स्वभावले अत्यन्त कठोर थिए । नाईले राखेको विवाह प्रस्तावको चिठी पढ्ने बित्तिकै उनी रिसाए र चन्देस्सर नाईलाई जेलमा हालिदिए। यहाँ महिषानाथ राजमा चन्देसर हजामको फिर्ती नभएका कारण महिसोथामा चिन्ता बढेर गइएको थियो । चन्देसरलाई जेल हालिएको समाचार बाहिर आयो । पछि सल्हेसका सेनाहरूले बरातपुरलाई आक्रमण गर्ने चेतावनी दिएपछि चन्देसरलाई रिहा गरियो र उनकी छोरी समरवतीसँग विवाह भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment