Comments Add Comment

१० अर्ब रुपैयाँमा स्पेनमा बन्दैछ लुम्बिनी गार्डेन (भिडियोसहित)

३ वैशाख, क्याथेरेस(स्पेन) । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने  एक महत्वकांक्षी योजना अघि सारिएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्ब रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने योजना अघि सारेको हो ।

नेपाली आर्टिटेक्चर थिममा बनाउन लागिएको गार्डेनमा ४० मिटर अग्लो बुद्वको मूर्ति राखिने भएको छ । केही वर्षदेखि लुम्बिनी गार्डेन राजधानी म्याड्रिडमा बन्ने चर्चा समेत थियो ।

अन्ततएक्स्त्रेमादुरा प्रदेशमा गार्डेन बन्ने निश्चित भएको फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा बताए । परियोजनाका लागि जमिन प्राप्त हुनु आफैंमा महत्वपूर्ण रहेको भन्दै स्पेन सरकारको पूर्ण सहयोग र समर्थन रहेको उनको दाबी छ ।

‘महत्वपूर्ण कुरा भनेको गार्डेन निर्माणका लागि जमिन प्राप्त गर्नु हो । हामीलाई स्पेनको केन्द्रीय तथा प्रदेश सरकारले पूर्ण सहयोग र समर्थन गरेको छ । अबको दुई वर्षमा शिलान्याससँगै निर्माणको काम थाल्ने छौं । १० वर्षभित्रमा परियोजना निर्माण सम्पन्न गर्ने हाम्रो योजना रहेको छ ।’ अध्यक्ष भिलानोभाले अनलाइनखबरलाई बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित लुम्बिनी क्षेत्रका नगर प्रमुखहरुले समेत गत साता स्पेनको भम्रण गरेर परियोजना निर्माणको अभियानमा साथ दिएका छन् ।

लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम नगरको माटो बोकेर स्पेन उत्रिएका नगरप्रमुखहरुले काथेरस नगरको माटोसँग समिश्रण गरेका थिए । लुम्बिनी गार्डेन बन्ने उक्त स्थानमा नै पुगेर पिपलको रुख रोप्दै परियोजनाको शुभारम्भ गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले लुम्बिनी गार्डेन परियोजनालाई नेपाल सरकारले पूर्ण सहयोगसहित सदैव हातेमालो गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा बोल्दै उनले गौतम बुद्धको देशको सरकारका तर्फबाट यो प्रोजेक्टका लागि सदैब हातेमालो र सहयोग रहिरहने प्रतिबद्दता व्यक्त गरेका हुन् ।

लुम्बिनी गार्डेन फाउन्डेसनमा डायस्फोरामा रहेका नेपाली व्यवसायीहरु तथा स्पेनी लगानीकर्ताहरुलाई जोड्ने काम महासचिव एकराज गिरीले गरेका छन् । झन्डै दुई दशकदेखि स्पेनमा बस्दै आएका गिरीले स्थानीयस्तरमा प्रदेश सरकारसँग समन्वय गर्दै नेपाली उच्च स्तरीय टोलिलाई स्पेनको एक्स्त्रेमादुरा भम्रण सम्भव गराएका हुन् ।

म्यानमार, चिन, थाइल्याण्ड, श्रीलङ्का लगायत देशहरुबाट बौद्वधर्मप्रति आस्था राख्ने संघसंस्था तथा व्यक्तिहरुबाट परियोजनाका लागि सहयोग प्राप्त हुने फाउन्डेसनले जनाएको छ । उनीहरुले आ -आफ्नो देशको कलाकृति झल्कने गरी छुट्टाछुट्टै कक्षहरुको निर्माण गर्ने भएका छन् ।

महत्वकांक्षी परियोजना भएतापनि रकम संकलनमा ठूलो समस्या नभएको फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ बताए । बेलारुस निवासी  व्यवसायी समेत रहेका श्रेष्ठले प्रत्येक शान्ति प्रिय मानिसहरुले हातेमालो गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment