
३ वैशाख, काठमाडौँ । युपीमा कोरोना संक्रमण बढ्न थालेपछि उत्तर प्रदेश सरकारले आइतबारदेखि लकडाउन गर्ने घोषणा गरेको छ ।
राज्य सरकारले अत्यावश्यक सेवा बाहेकका सवारी आवागमनमा रोक लगाउने, बजार पसल बन्द गराउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै उत्तर प्रदेश पूर्ण रुपमा बन्द गर्नुका साथै मास्क नलगाइ हिड्नेलाई पहिलो पटक १ हजार रुपैयाँ जरिवाना गर्ने र त्यसपछि फेरि समातिएमा १० हजार जरिवाना तिर्नु पर्ने बताइएको छ ।
यूपी सरकारले बिहीबार १५ मेसम्म सबै स्कुल बन्द गर्ने घोषणा गरेको थियो । साथै राज्यको बोर्ड परीक्षा पनि रद्द भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4